सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Oct 06, 2026 03:11 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५९ स्टकको ४१ हजार ६०७ पटकको कारोबारमा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको ८९ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य ५.११ प्रतिशत बढेको छ। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर पनि ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सर्वोत्तम पेन्ट्सको शेयरमूल्य करिब ५ प्रतिशत घटेको छ भने एआईबिएल ग्रोथ फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको करिब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४१.१० अंक बढेको छ। कारोबारमा आएको लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।