व्यापार युद्ध चर्किने विश्लेषणले सुनको मूल्यमा नयाँ रेकर्ड बन्दै

Apr 19, 2025 06:19 AM Merolagani



साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो। जुन सो समयसम्मको उच्च मूल्य थियो। सोमबार नयाँ वर्षको सार्वजनिक बिदा पछि मंगलबार खुलेको बजारमा सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सोपश्चातका दुई दिन अर्थात बुधबार र बिहीबार, सुनको मूल्य क्रमशः १ लाख ८७ हजार र १ लाख ९० हजार ६०० रुपैयाँ पुग्दै नयाँ रेकर्डहरु बनायो। साताको अन्तिम कारोबार दिन भने सुनको मूल्य घटेर प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भयो।

अन्तरराष्ट्रिय बजारमा भूराजनीतिक तनावले गर्दा बढिरहेको सुनको मूल्यमा पछिल्लो पटक अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई लगाएको आयात शुल्क २४५ प्रतिशत पुर्याएका साथै चीनले समेत रेयर अर्थात मिनरल्सको निर्यातलाई रोकेपछि अमेरिका चीनबीचको व्यापार युद्ध चर्किने विश्लेषण भएकोले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको विश्लेषकहरुको भनाइ छ।

साताभरको उतारचढावपछि चाँदीको मूल्य भने यस साता स्थिर रहेको छ। आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।