प्रतिरोध परीक्षणमा
यस साता कम्पनीको शेयरमूल्यले २७५ देखि २८५ को प्रतिरोध परीक्षण गरेको छ। यद्यपि, गत साता देखि नै कम्पनीको शेयरमूल्य सो क्षेत्र परीक्षण गरिरहेको थियो। आगामी साता नेप्सेले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ३१० देखि ३२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी तल झरेमा २१५ देखि २२५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।
खरिदकर्ता बलियो
यस साता कम्पनीको शेयरमा खरिदकर्ता बलियो देखिएको छ। साप्ताहिक रुपमा यस साता कम्पनीले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले डोजी जस्तो मैनबत्ती बनाएको छ। यसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले यस कम्पनीमा हालसम्म ६ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ३ वटा सिग्नलमार्फत लगानीकर्ताहरुले नाफा कमाएका थिए भने ३ सिग्नलमा स्टप लस गर्नु परेको थियो। पछिल्लो समय मेरो लगानी एआई चार्टले कम्पनीको शेयरमूल्यमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम
यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ३ लाख ४४ हजार १४७ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २ लाख १० हजार ७५५ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ६३.२९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुई रेखाबीचको दूरी फराकिलो बन्दै गइरहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा
यस साता स्टकास्टिक आरएसआईमा कम्पनी न्यूट्रल जोनमा रहेको छ। यसले यस साता कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय विश्लेषण
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा २१ लाख ४३ हजार रुपैयाँ मात्र थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.३८ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३३.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२९.११ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५७.९९ प्रतिशत बढेको छ।
६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १८ पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात २८.५८ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.६९ गुणा रहेको छ।

आधारभूत विश्लेषण
अपि पावर कम्पनीको इंग्वा हाइड्रोमा १५ करोडको शेयर लगानी रहेको छ। कम्पनीले ५४ प्रतिशत लगानी रहेको ११ मेगावाटको तादी खोला आगामी महिनादेखि सञ्चालन आइ आम्दानी सुरु गर्नेछ। त्यस्तै, कम्पनीको ५१ प्रतिशत लगानी रहेको डार्चुला पावरले बनाइरहेको २८.३ मेगावाटको मध्य चमेलियाको निर्माण अबको साढे १ वर्षमा सम्पन्न हुनेछ।
अपि पावरको शतप्रतिशत सब्सिडायरी कम्पनी अपि स्प्रंगले डार्चुलाले प्रदेश ७ को लागि उच्च गुणस्तरको मिनरल वाटर बनाइरहेको छ र यसले वार्षिक १ करोड नाफा दिने कम्पनीले बताएको छ। त्यसैगरी, अपि इन्फ्राले झम्सिखेलमा अपार्टमेन्ट निर्माण गरिरहेको छ जसले अपिलाई ३० करोड नाफा दिने कम्पनीले प्रक्षेपण गरेको छ।
कम्पनीले हाल ३ जलविद्युत आयोजना र ३ सौर्य आयोजना सञ्चालन गरी कुल ६२.५ गेगावाट विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले निर्माण गरिरहेको ८ मेगावाटको परवानीपुर सौर्य आयोजना आगामी ६ महिनाभित्र सम्पन्न हुनेछ।
हाल नेप्सेमा कम्पनीको ६ करोड ७ लाख ५९ हजार २७८.०७ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयरको अन्तिम मूल्य प्रतिकित्ता २९३ रुपैयाँ ९६ पैसा कायम भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १७ अर्ब ८१ करोड ४६ लाख २० हजार ३३० रुपैयाँ १२ पैसा रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३९० रुपैयाँ रहेको छ भने न्यून मूल्य १६२ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २७८ रुपैयाँ ९६ पैसा रहेको छ।

ब्रोकर नम्बर २८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर २८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको २ लाख ५९ हजार ६२५ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ३४ ले कम्पनीको ८३ हजार ७९१ कित्ता शेयर खरिद गरेको छ। यस साता कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गर्ने ब्रोकर भने ४९ नम्बर रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको १ लाख ६ हजार ७५७ कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनमा रहेको छ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)