उच्च दरमा बढ्यो अपि पावरको नाफा, ईपीएस कति?

May 13, 2025 09:38 AM Merolagani



अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च दरमा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २५.७७ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १८.४७ प्रतिशत बढेको छ भने अन्य आम्दानी १ हजार २९९.५४ प्रतिशत बढेको छ। कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७०.१३ प्रतिशत बढेको छ।

नाफा जस्तै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ७२ पैसा बढेर ७ रुपैयाँ ७६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.२० गुणा रहेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ५९ करोड ८५ लाख रुपैयाँ रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।