प्रतिरोध परीक्षण गरेर झर्यो सर्वोत्तम सिमेन्ट, हेरौँ कम्पनी विश्लेषण

May 17, 2025 06:36 PM Merolagani



यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको छ। गत साता ७२१७.१० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०७.६३ अंक घटेर ७१०९.४७ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनीको हो, सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM)।

यस साता कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ ९६ पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन ८७६ रुपैयाँ ८५ पैसा रहेको यस कम्पनीको अन्तिम मूल्य, यस साता ८४३ रुपैयाँ ८९ पैसा रहेको छ।

 

प्रतिरोध परीक्षण गरी झर्यो

यस साता कम्पनीको शेयरमूल्य प्रतिरोध परीक्षण गरेर तल झरेको छ। गत सातादेखि नै प्रतिरोध परीक्षणमा रहेको यस कम्पनीको शेयरमूल्य यस साता भने सो क्षेत्रभन्दा तल बन्द भएको हो। हाल कम्पनीको प्रतिरोध क्षेत्र ८७० देखि ९१० सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागेमा ७५५ देखि ७८५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

 

बिक्रीकर्ता हाबी

यस साता कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। त्यस्तै, यस साताका चारै कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको थियो। यसले यस साता कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा १० पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये ८ सिग्नलमा लगानीकर्ताहरुले नाफा सुरक्षित गरेका थिए भने २ सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।


कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि कमजोर रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ७५ हजार २२३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ९ हजार २०० कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३१.११ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। यस साता कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुई रेखाबीचको दूरी फराकिलो बन्दै गइरहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता स्टकास्टिक आरएसआईमा कम्पनी न्यूट्रल जोनमा रहेको छ। यसले यस साता कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय विश्लेषण

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९९.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ११५.२१ प्रतिशत बढेर ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १११.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३०५.०६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च ३०.०९ प्रतिशत बढेको छ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ७० पैसा बढेर १६ रुपैयाँ १६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ९३ पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ५२.२२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ४.३५ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ४ करोड ९७ लाख ५५ हजार कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयरको अन्तिम मूल्य प्रतिकित्ता ८४३ रुपैयाँ ८९ पैसा कायम भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ४१ अर्ब ९८ करोड ७७ लाख ४६ हजार ९५० रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य १ हजार ६० रुपैयाँ रहेको छ भने न्यून मूल्य ६९६ रुपैयाँ ८० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ८०१ रुपैयाँ २२ पैसा रहेको छ।

ब्रोकर नम्बर ५६ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ५६ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ९८ हजार ३६४ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४४ ले कम्पनीको २१ हजार १४२ कित्ता शेयर खरिद गरेको छ। यस साता कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गर्ने ब्रोकर पनि ५६ नम्बर नै रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको ९४ हजार ९३३ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा कम हुँदै

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले ग्रीड जोनबाट न्यूट्रल जोनतर्फ झरिरहेको छ। यसले लगानीकर्ताहरु माझ कम्पनीको शेयरमूल्य अझ बढ्छ भन्ने अपेक्षा घटिरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।