फोनमा पानी पसेमा नगर्नुस् यी गल्ति

May 31, 2025 10:55 AM Merolagani



अहिले बेला बेलामा पानी पर्न थालेको छ। कहिले कहाँ कतिखेर पानी पर्छ? थाहै हुँदैन। आफु घरमा वा कार्यालयमा भएको बेला पानी परे त ठिकै हो। तर बाहिर कतै गइरहेको या फर्किरहेको बेला पानी पर्यो भने ज्यानका साथसाथै फोन पनि भिज्छ।

यस्तो अवस्थामा अधिकांश मानिसहरु आत्तिएर तुरन्त फोन अन गर्ने या सुकाउने कोशिस गर्न थाल्छन्। तर, तपाईँ हतारिएर यस्तो काम नगर्नुहोस्। तपाईँको एक सानो गल्ती फोनलाई सँधैका लागि खराब गर्न सक्छ। तपाईँको फोनमा पानी परेमा निम्न ५ गल्ति कहिले नगर्नुहोस्।

फोन अन नगर्नुहोस्

फोन भिजेपछि अधिकांश मानिसहरु आफ्नो फोन चेक गर्छन् र यो ठिक छ कि छैन भनेर थाहा पाउन यसलाई तुरन्त अन गर्ने ठूलो गल्ति गर्दछन्। यस्तोमा फोनमा शर्ट सर्किट पनि हुनसक्छ र फोन खराब हुन सक्छ। त्यसैले जब फोन भिज्छ, त्यसलाई तुरन्त अन गर्ने गल्ति नगर्नुहोस्।

चार्जिङ्गमा नजाेड्नुहाेस्

वर्षामा फोन भिजेपछि केही मानिसहरु तुरन्त चार्जमा हाल्ने गर्दछन् ताकि त्यो चाँडै चालु होस्। तर यो खतरनाख हुनसक्छ। चार्जिङ्गको बखत पानी र करेन्ट कनेक्ट हुँदा फोन र चार्जर दुबैमा शर्ट सर्किट हुनसक्छ। यसले तपाईँको महंगो फोन खरब हुन सक्छ। त्यसैले यस्तो गल्ति गर्दै नगर्नुस्।

हेयर ड्रायर वा हिटरको प्रयोग

फोनमा पानी पसेपछि केही मानिसहरु त्यसलाई हिटर वा हेयर ड्रायरले सुकाउने प्रयास गर्छन्। तर यस्तो कदापि गर्नु हुँदैन। हेयर ड्रायर वा हिटरबाट निस्किने तापले फोनको आन्तरिक पार्टहरुमा नोक्सानी पुग्न सक्छ। यसले सेन्सेटिभ पार्टहरु पग्लिन सक्छ र स्क्रीन तथा ब्याटरीलाई पनि नोक्सानी पुर्याउन सक्छ। त्यसैले यस्तो गल्ति नगर्नुहोस्।

फोन झट्काउने

फोन भिजिसकेपछि केही मानिसहरु सोच्छन् कि फोनलाई हल्लाउँदा पानी बाहिर निस्कन्छ। तर, त्यो गलत हो। यस्तो गर्दा पानी फोनको अन्य पार्टहरुमा पनि जान सक्छ। यसले डिभाइसको स्पिकर, माइक्रोफोन र चार्जिङ्ग पोर्टलाई पनि नोक्सानी पुग्न सक्छ। त्यसैले यस्तो गर्नु हुँदैन।

चामलमा हाल्ने

केही मानिसहरु मोबाइलमा पानी पसेपछि त्यसलाई चामलमा हाल्दा छिटो फोन सुक्छ भन्ने सोच्छन्। तर, यस्तो गर्दा फोनमा भएको वाफ पूर्ण रुपमा सुक्दैन। कयौँ पटक त चामल चार्जिङ्ग पोर्टमा फस्ने गर्दछ। स्मार्टफोन कम्पनीहरु पनि यस्तो नगर्न सल्लाह दिन्छन्।

(अनुवादित)




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।