यातायात खुल्यो, राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

Jun 03, 2025 07:54 PM merolagani



 गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गर्ने निर्णय गरेको छ । केन्द्र सरकारको पत्र प्राप्त गरेसँगै बसेको प्रदेश सरकारको बैठकले यस्तो निर्णय गरेको हो ।

एक महिनाका लागि नियमावली स्थगन गरिएको र आजबाटै यातायात सुचारु गर्ने सहमति भएको गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव शोभाकान्त पौडेलले जानकारी दिए ।
 
मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलपछि सो अवधिका लागि नियमावली स्थगित गर्ने र यातायात व्यवसायीसँग वार्ता गर्ने निर्णय भएको पौडेलले मेरो लगानीलाई बताए ।
 
 
 
 
 

 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।