आज हामी यो प्रम्प्टमा क्लिक गरेपछि के हुन्छ? र यस्तो किन आउँछ? भन्ने विषयमा कुरा गर्दैछौँ। लेबल भएको सानो चेकबक्स देख्दा सामान्य क्लिक लाग्न सक्छ, तर, यो क्याप्चा (कम्प्लिटली अटोमेटेड पब्लिक ट्यूरिङ्ग, टेस्ट टु टेल कम्प्यूटर्स एण्ड ह्युमन अपार्ट) प्रणाली निकै जटिल छ। यो वेबसाइटहरुको मूख्य टुल हो, जसले मानिस र बट्स छुट्याउँछ र स्पाम, डाटा स्क्रयापिङ्ग या फ्रड जस्ता गतिविधिलाई रोक्छ।
‘तपाईँ साँच्चै मानिस हो या होइन
जब तपाईँ I'm not a robot मा क्लिक गर्नुहुन्छ, तब यो एक साधारण काम मात्र होइन–यसले तपाईँको व्यवहार र वातावरणको गहिरो अध्ययन सुरु गर्छ। तपाईँको क्लिक अघि सिस्टम तपाईँको पेज इन्टरएक्शनलाई हेर्दछ। यसले तपाईको माउस मुभमेन्ट, स्क्रोल गर्ने तरिका र क्लिकको टाइमिङ्ग चेक गर्दछ। मानिसको कर्सर मुभमेन्ट अलिक अनुमान गर्न नसकिने हुन्छ, जबकि बट्सहरुको असामान्य रुमा सटीक हुन्छ। यो व्यवहारले डाटा सिस्टमलाई तपाईँ साँच्चिकै मानिस हो वा होइन छुट्याउन सहयोग गर्छ।
यसको अतिरिक्त, सिस्टमले तपाईँको डिभाइस र ब्राउजरको जानकारी (जसलाई ब्राउजर फिंगरप्रिन्ट भनिन्छ) संकलन गर्दछ। यसले तपाईँको आईपी एड्रेस, स्क्रीन रिजोल्युशन, ब्राउजर भर्जन, इन्स्टल गरिएका प्लगइन्स, टाइम जोन आदि हेर्दछ। यस्तो फिंगरप्रिन्टले बताउँछ कि तपाईँको ब्राउजर सेटअप सामान्य छ या शंकास्पद, जस्तो कि हेडलेस ब्राउजर या बट एक्टिभिटिसँग सम्बन्धित भिपिएन।
भिजुएल च्यालेन्ज
यदि तपाईँ गुगल एकाउन्टमा साइन इन हुनुहुन्छ र रिक्याप्चा (गुगलको सिस्टम) प्रयोग गरिरहनु भएको छ भने तपाईको हालको ब्राउजिङ्ग हिस्ट्री र गतिविधि पनि तपाईँको पहिचान प्रमाणित गर्न मद्दत गर्दछ। यदि सबै ठीक छ भने तपाईँ तुरन्त पास हुनु हुनेछ। तर, यदि केही गडबड देखियो भने तपाईँलाई भिजुअल च्यालेन्ज प्राप्त हुन सक्छ, जस्तो कि ट्राफिक लाइट या बस वाला दृश्य छान्ने। यो काम मानिसहरुका लागि सजिलो हुन्छ तर बट्सलाई गाह्रो, विशेष गरेर जसमा एडभान्स्ड इमेज रिकग्निशन छैन।
समग्रमा भन्नुपर्दा यस्तो चेकबक्स केबल एक सतह मात्र हो, तर वास्तवमा यो एक एडभान्स्ड सिस्टम हो। क्लिकले मतलब राख्दैन। सिस्टम तपाईँको पहिलेको, अहिलेको र पछिको व्यवहार हेर्दछ। क्याप्चा एक डिजिटल गेटकिपर हो, जसले साना साना संकेतका आधारमा वेबसाइटहरुलाई अटोमेटेड ट्राफिकको खतराबाट बचाउँछ।
(अनुवादित)