प्रतिरोध परीक्षणमा
यस साता कम्पनीको शेयरमूल्यले २७५ देखि २८५ को प्रतिरोध क्षेत्र परीक्षण गरेको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले सो क्षेत्र परीक्षण गरेको हो। आगामी दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागेमा २२० देखि २३० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा भने ३१५ देखि ३२५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता हाबी
साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लामो बुलिश मैनबत्ती बनाएको छ। यसले यस साता कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि साताको अन्तिम कारोबार दिन भने कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमूल्यमा हालसम्म ३ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये दुई सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने एक सिग्नलमा स्टम लस गर्नु परेको थियो। हाल एआईले कम्पनीको शेयरमूल्यमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम
यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा १० लाख ११ हजार ३२३ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ४ लाख ८३ हजार ४४६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम १०९.१९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुबै रेखाहरु सकारात्मक क्षेत्रमा रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढ्दै
कम्पनीको स्टकास्टिक आरएसआई यस साता न्यूट्रल जोनबाट ओभरबट जोनतर्फ बढ्दो क्रममा रहेको छ। यसले बजारमा कम्पनीको शेयर खरिदचाप बढ्दो क्रममा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३४ करोड १३ लाख ६९ हजार रुपैयाँ नोक्सानीमा थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १० करोड ७२ लाख रुपैयाँबाट बढेर ४६ करोड ५८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १ करोड २२ लाख रुपैयाँबाट घटेर ४९ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीको वित्तयि खर्च २१ करोड ९८ लाख रुपैयाँबाट घटेर १५ करोड ७५ लाख रुपैयाँमा झरेको छ भने कुल खर्च ३९ करोड ८६ लाख रुपैयाँबाट घटेर २४ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।
३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १४ करोड ७६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ २१ पैसा रहेको छ। यस साताको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात २५१.७५ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.८८ गुणा रहेको छ। कम्पनीको आरओई १.१५ प्रतिशत रहेको छ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा कम्पनीको ३ करोड ८९ लाख ५९ हजार ४२१ कित्ता शेयर सूचीकृत छ। यस साताको अन्तिम मूल्यअनुसार कम्पनीको कुल बजार पूँजीकरण १० अर्ब ७८ करोड ८६ लाख ४२ हजार ८६३ रुपैयाँ ३२ पैसा रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३२६ रुपैयाँ रहेको छ भने न्यून मूल्य १५७ रुपैयाँ २० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २३८ रुपैयाँ ६९ पैसा रहेको छ।

ब्रोकर नम्बर ४२ बाट सर्वाधिक खरिदबिक्री
यस साता कम्पनीको शेयर ब्रोकर नम्बर ४२ बाट सबैभन्दा बढी खरिद भएको छ। सो ब्रोकरले यस साता कम्पनीको ४ लाख ५५ हजार ६५७ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ४४ ले कम्पनीको ३ लाख १६ हजारभन्दा बढी शेयर खरिद गरेको छ। सर्वाधिक बिक्री गर्नेमा पनि यस साता ब्रोकर नम्बर ४२ नै रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको ३ लाख ४७ हजार ४९३ कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनबाट ग्रीड जोनतर्फ बढ्दै
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनबाट ग्रीन जोनतर्फ अघि बढीरहेको छ। यस दिन लगानीकर्ताहरुमाझ कम्पनीको शेयरमूल्य बढ्छ भन्ने भावना विस्तार हुन थालेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)