उपभोक्ताको उच्च रोजाइमा बिवाइडीका तीन मोडेलका गाडीहरु

Jun 09, 2025 11:06 AM merolagani



पछिल्लो पटक नेपालमा विद्युतीय सवारी(इभी) गाडीप्रति आम ग्राहकको रुचि बढ्दै गइरहेको छ ।   

स्वच्छ वातावरण र प्रदुषणरहित राख्न महत्वपूर्ण भूमिका खेल्ने विद्युतीय गाडीको प्रयोग पछिल्लो पटक सरकारी निकायका अधिकारी र सर्वसाधारण नागरिकले समेत गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा इभीको माग बढेको पनि छ । किनकी, अटो व्यवसायीहरुले वर्षेनी भारत र चीन हुँदै इभी गाडी आयात गरिरहेका छन् । खासगरी, रक्सौल, केरुङ, तातोपानीजस्ता नाकाहरुबाट इभी गाडी आयात हुने गरेको छ ।

नेपालमा पनि विद्युतीय गाडी बिक्री गर्ने र त्यसको प्रवर्द्धनमा लागेका केही कम्पनीहरु छन् । जसमध्ये एक हो, बिवाइडी नेपाल । अर्थात, बिवाइडीको अर्थ बिल्ट्स योर ड्रिम अर्थात बनाउनुहोस् तपाईको सपना) भन्ने अर्थ हो ।

बिवाइडीका अनुसार सन् २०२३ को मार्चसम्म २०० कार बिक्री भएका थिए । सन् २०२४ सम्ममा थप ५ हजारभन्दा बढी गाडीहरु बिक्री भएका हुन् । खासगरी, इभी गाडीहरुको बिक्री र माग वर्षेनी बढेको कम्पनीले जनाएको छ ।

बिवाइडीले इभीसहित विभिन्न मोडेलका अन्य नयाँ तथा पुराना गाडीहरु बिक्री गर्ने गरे पनि पछिल्लो पटक ४ वटा मोडेलका गाडीहरु बिक्रीका लागि उपलव्ध रहेको जनाएको छ । तर, इभी गाडीहरु मूल्य ४० देखि ६० लाखसम्म कायम छ ।

हाल इभीमा बिवाइडी शिल डाइनेमिक,बिवाइडी एम ६, बिवाइडी डल्फिन, अट्टो ३ गाडी बजारमा उपलव्ध रहेको कम्पनीले जनाएको छ । अन्य मोडेलका गाडीहरु उपभोक्ताको मागका आधारमा बिवाइडीकै शोरुमबाट उपलव्ध हुने कम्पनीले जनाएको छ ।

त्यसबाहेक बिवाइडी शिल (प्रिमियम),बिवाइडी शिल(पर्फमेन्स),अट्टो ३ (सुपेरियर) मोडेलका गाडीहरु समेत विगतमा राम्रो बिक्री भएको थियो । इभी उपभोग गर्ने ग्राहकहरुले मुख्यगरी बिवाइडी, टाटा र एमजी इभी गाडीहरु बढी मन पराउने गरेको कम्पनीले जनाएको छ ।

कुन गाडीको, कति छ मूल्य ?

बिवाइडीका अनुसार, फरक फरक मोडेलका गाडीहरुको बिक्री मूल्य पनि फरक नै छ । जसमा बिवाइडी शिल (प्रिमियम) गाडीको मूल्य १ करोड ४५ लाख, बिवाइडी शिल(पर्फमेन्स)गाडीको मूल्य १ करोड ९५ लाख, अट्टो ३ (सुपेरियर) गाडीको मूल्य ६७ लाख ८० हजार, बिवाइडी एम ६ गाडीको मूल्य ५८ लाख ९० हजार, बिवाइडी शिल(डाइनेमिक) गाडीको मूल्य १ करोड १० लाख र बिवाइडी डल्फिनको बिक्री मूल्य ४१ लाख १५ हजार रहेको छ ।

त्यस्तै,अट्टो ३ सुपेरियर गाडीको मूल्य ६७ लाख ८० हजार र अट्टो ३ एडभान्स मोडेलको गाडीको मूल्य भने ५६ लाख ९० हजार कायम रहेको कम्पनीले जनाएको छ ।

 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।