प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Jun 12, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १३.६९ अंक घटेर २६६४.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७५ अंक बढेर २६६५.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४२ स्टकको ७८ पटकको कारोबारमा २ करोड ५६ लाख ६७ हजार ४१ रुपैयाँबराबरको ४८ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।