एथर ४५० एसमा ४५० एक्सजस्तै ७ इन्चको टच स्क्रिन डिस्प्ले छैन। यसको सट्टा एलसीडी स्क्रिन दिइएको छ। अप्सन टगल गर्नका लागि स्विचगेयर उपलब्ध गराइएको छ। साथै यसमा २.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ।
डिजाइन
एथर ४५० एसको डिजाइन करिब ४५० एक्सजस्तै छ। यद्यपि, यसमा फिचरहरु केही कम छन्। यसको बडी प्यानल, चारैतर्फका एलईडी लाइट, सीट, मिरर, ह्वील, डिस्क ब्रेक, हाइब्रिड एल्युनिमियम चेसिस, बेल्ट ड्राइभ र सस्पेन्शन यूनिट एथर ४५० एक्सजस्तै छ। यसमा अगाडि र पछाडी दुबैतिर टेलिस्कोपिक फर्क सिमेट्रिकल्ली माउन्टेड प्रोग्रेशिभ मोनोशक दिइएको छ। यसको ह्वीलबेस १२९.६ सेन्टिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स १७० एमएम रहेको छ। यसको ड्यासबोर्डमा कोर्टेक्स सिरिज प्रोसेसर रहेको छ भने ८ जीबी स्टोरेज र १ जीबी र्याम उपलब्ध छ।
ब्याट्री, मोटर र रेञ्ज
एथर ४५० एस किफायती हुनुको सबैभन्दा ठूलो श्रेय यसमा लगाइएको सानो २.९ किलोवाट आवर ब्याट्री प्याकलाई जान्छ। यो मोडलमा भएको ब्याट्रीले सिंगल चार्जमा १२२ किलोमिटरको रेञ्ज दिने बताइएपनि वास्तविक रेञ्ज १०५ किलोमिटरसम्म हुने कम्पनीको भनाइ छ। यसले शून्यदेखि ४० किलोमिटर प्रतिघण्टासम्मका गति ३.९ सेकेन्डमै लिन सक्छ। यसमा भएको ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ५ घण्टा ३० मिनेट लाग्छ। यसमा भएको मोटरले ५.४ किलोवाटको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ।
भेरियन्ट र मूल्य
नेपालमा एथर ४५० एस स्टिल्थ ब्लु, कस्मिक ब्ल्याक, स्टिल ह्वाइट र स्पेस ग्रे गरी ४ कलर भेरियन्टमा उपलब्ध छ। यसको मूल्य ३ लाख २४ हजार ९९९ रुपैयाँ रहेको छ।