प्रतिनिधि सभामा आगामी बजेटका विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निकै मेहनत गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको मार्गचित्र संसदीय समितिमा छलफल भइ मन्त्रिपरिषबाट पारित भइसकेको बताए ।
मन्त्रिपरिषबाट पारित भइ कार्यान्वयनमा जाने भनिएको उक्त कार्ययोजना बजेट बक्तव्य आइपुग्दा मार्गचित्र कार्यान्वयन गर्ने कुरामा ध्यान नगएको उनले बताए
‘ऊर्जा विकास मार्गचित्र निकै मेहनतका साथ ऊर्जा मन्त्रालय र समितिमा निकै छलफल गरेर मन्त्रिपरिषदमा लग्यौं, मन्त्रिपरिषद्ले पनि पारित गरेर कार्यान्वयनमा जानुपर्ने हुन्छ, उनले भने, ‘तर, बजेटसम्म आइपुग्दा मार्गचित्र कार्यान्वयनमा सरकारको त्यति ध्यान गएको देखिँदैन् ।’