नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरेर बजेट अटोमोबाइल क्षेत्रको हितमा नीति आएकोमा धन्यबाद दिए ।
भेटघाटका क्रममा अध्यक्ष चौधरीले हालै सार्वजनिक बजेटलाई निजी क्षेत्रमैत्री बजेटका रूपमा स्वागत योग्य भन्दै लामो समयपछि अटोमोबाइल क्षेत्रको हितमा नीति आएको बताए ।
त्यस्तै नाडाको टोलीले आउँदो भाद्र ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको १७औँ संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन अर्थमन्त्री पौडेललाई निमन्त्रण समेत गरे ।
अर्थमन्त्री पौडेलले नाडाको निमन्त्रणा स्वीकार गर्दै सरकारलाई अटोमोबाइल क्षेत्रबाट अधिकतम राजस्व संकलनमा सहयोग पुर्याउनु व्यवसायीको दायित्व रहेको बताएका थिए । उनले आगामी वर्षहरूमा अटोमोबाइल उद्योगलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन आवश्यक नीति निर्माणमा सरकार गम्भीर रहेको समेत बताएका थिए ।