चार लघु बीमा कम्पनीको १० महिनाको कुल बीमा कारोबार ७८ करोड मात्रै, कसरी टिक्लान ?

Jun 17, 2025 03:13 PM MeroLagani



निर्जीवन बीमा कम्पनीहरुले बैशाखसम्म ३५ अर्ब ८६ करोड ५० लाख ४८ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेकोमा लघु बीमाबाट मात्रै ७८ करोड १० लाख रुपैयाँ संकलन भएको छ । यो भनेको कुल निर्जीवन बीमा कारोबारको २ दशमलब १७ प्रतिशत मात्रै हो ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई कुल बीमाको निश्चित प्रतिशत लघु बीमालेख जारी गर्न निर्देशन जारी गर्दा पनि पालना हुन नसकेपछि पछिल्लो समय प्राधिरकणले लघु बीमाको मात्रै कारोबार गर्न छुट्टै ७ वटा कम्पनीलाई अनुमति दिएको छ । त्यसमा पनि निर्जीवन लघु बीमाको कारोबार गर्न ४ वटा कम्पनीले अनुमति पाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्सले प्राधिकरणबाट निर्जीवन लघु बीमाको कारोबार गर्न अनुमति पाएका छन् । सबै लघु बीमा कम्पनीको चुक्ता पुँजी अहिले ७५ करोड रुपैयाँ तोकिएको छ र त्यसको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ सर्वसाधारणमा आईपीओ जारी गरेर पुँजी संकलन गर्ने गर्ने योजना रहेको छ । सोही अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गरेर नेप्सेमा कारोबार समेत सुचारु भइसकेको छ । चुक्ता पुँजी नै ७५ कराेड रुपैयाँ ताेकेर अनुमति  दिएकाे लघु बीमा कम्पनीहरुकाे १० महिनाकाे कुल काराेबार भने ७८ कराेड रुपैयाँ मात्रै छ । बीमा विज्ञहरुले याे काराेबारले कम्पनी टिक्न गार्हाे हुने टिप्पणी गर्ने गरेका छन्।

लघु बीमा कम्पनीको स्थापना पछि विस्तारै पूर्ण निर्जीवन बीमा कम्पनीले भने लघु बीमाको कारोबार कम गर्दै लगेको देखिएको छ । बैशाख महिनासम्मको तथ्यांक अनुसार दि ओरियन्टल इन्स्योरेन्सले २ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेर एउटा बीमा लेख जारी गरेको छ भने नेसनल इन्स्योरेन्स कम्पनीले ४ वटा बीमा लेख जारी गरेर ६ सय रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ वटा बीमा लेख जारी गरेर ६ सय रुपैयाँ संकलन गरेको छ । यता शिखर इन्स्योरेन्सले ६ हजार १ सय ४ वटा बीमा लेख जारी गरेर ६ लाख ३७ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ४ हजार ९ सय ७६ वटा बीमा लेख जारी गरेर १ करोड २७ लाख ३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ त्यस्तै प्रभु इन्स्योरेन्सले १४ वटा बीमा लेख जारी गरेर ६ हजार १ सय ६१ रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ सय ८२ वटा बीमा लेख जारी गरेर ६ लाख ५६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । बैशाखसम्म पूर्ण निर्जीवन बीमा कम्पनीले मात्रै ११ हजार २ सय ८३ वटा बीमा लेख जारी गरेर १ करोड ४१ लाख ६ हजार रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ ।

चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले मात्रै ३ लाख ८ हजार ३ सय ७६ वटा बीमा लेख जारी गरेर ७६ करोड ६९ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ७ वटा पूर्ण निर्जिवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीसमेत गरेर ७८ करोड १० लाख ५७ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ ।

लघु बीमालाई व्यवसाय पर्याप्त छ ?

नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीलाई छुट्टै सञ्चालन अनुमति दिए पनि समग्र लघु निर्जीवन बीमा कम्पनीको कारोबार भने ७८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ जबकि एउटा लघु निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुनुपर्ने भनिएको छ । नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गरेर ७५ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेकाे छ भने अन्य तीन वटा कम्पनी पनि आईपीओ जारी गर्ने प्रक्रियामा छन् ।

 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।