सुनको मूल्य सामान्य बढ्यो, चाँदी हालसम्मकै नयाँ उचाईमा

Jun 18, 2025 10:43 AM Merolagani



असार ४ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य नयाँ उचाई बनाएको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला ला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर हालसम्मकै उचाईमा पुगेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । यस दिन चाँदीकाे मूल्यले गत जेठ २७ गते कायम दुई हजार १६५ रुपैयाँको उचाईलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।