गाजामा खाना खोजिरहेका प्यालेस्टिनीहरूमाथि गोली हानेको घटनाको निन्दा

Jun 18, 2025 03:52 PM Merolagani



संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा सर्वसाधारणको ज्यान गएको र घाइते भएको निन्दा गरेका छन् । उनले खाना खोज्दा फेरि गोली हानेर मारिएकोमा जोड दिँदै यो ‘अस्वीकार्य’ भएको बताए ।

महासचिवका लागि उप प्रवक्ता फरहान हकले महासचिवले यी सबै रिपोर्टको तत्काल र स्वतन्त्र अनुसन्धान र जवाफदेहिताका लागि आह्वान गरिरहेकाे बताए ।

आफ्नो दैनिक पत्रकार सम्मेलनमा हकले गाजामा प्यालेस्टिनी जनसङ्ख्याको आधारभूत आवश्यकताहरू अपार भएको तर अझै पनि पूरा नभएको बताए । उनले अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आवश्यक पर्ने सबै नागरिकलाई मानवीय राहत प्रदान गर्न र सुविधा प्रदान गर्न इजरायलको स्पष्ट दायित्व रहेको उल्लेख गरे ।

उनले तत्काल, व्यापक र निर्बाध मानवीय पहुँच पुनःस्थापना गर्नुपर्ने कुरामा पनि जोड दिए ।

संयुक्त राष्ट्रसङ्घ र सबै मानवीय अभिनेताहरूलाई सुरक्षित रूपमा र मानवीय सिद्धान्तहरूको पूर्ण सम्मानमा काम गर्न अनुमति दिन आवश्यक रहेको कुरामा समेत उनको जोड थियो ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले मङ्गलबार स्वास्थ्य साझेदारहरूले दक्षिणी गाजाको खान युनिसमा सहायताको प्रतीक्षामा रहेका ६० जनाबढी व्यक्ति शहीद भएको र दुई सय ८० भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।