त्यो घटनाका मुख्य अभियुक्त रमेश बाबुको घरमा घरेलु कामदारको कार्यरत नेपाली नागरिकद्धय राज र दीपा भएको बताइएको छ । उनीहरु भने हालसम्म फरार रहेका छन् । उनीहरुलाई पक्राउ गर्न भन्दै प्रहरीले अन्धाधुन्दरुपमा नेपालीहरुलाई पक्राउ गरिरहेको बताइएको छ । प्रहरीले अन्धाधुन्द पक्राउ गर्न थालेपछि अहिले बेंगलोर क्षेत्रमा रहेका नेपालीहरु आतंकित भएका छन् ।
तीन महिना पहिलेदेखि उनको घरमा कामदारको रुपमा कार्यरत रहेको र रमेश बाबु र उनको परिवार २७ मेमा तिरुपति गएको बेला साथीहरूसँग मिलेर चोरी गरेको प्रहरीको भनाई उद्धृत गर्दै संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
२८ मेको बिहान रमेशले आफ्नो मोवाइलमा घरको सीसीटीभी जाँच गर्दा बन्द रहेको पाएपछि उनले छिमेकीलाई आफ्नो घरको जाँच गर्न भनेका थिए । त्यसपछि चोरी भएको थाहा भएको हो ।
यस विषयमा भारतीय प्रहरीले दीपा र राजलगायतका अन्य तीन जना साथीहरूको खोजी शुरु गरेको छ । प्रहरीले विशेष टोली बनाएर खोजी गरिरहेको छ ।
स्मरणरहोस् पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका रूपमा भारतको कर्नाटक लगायतका प्रदेश रहेका छन् । हरेक वर्ष हजारौं नेपाली त्यहाँ रोजगारीको लागि जाने गर्छन् ।