यसदिन ९ अर्ब ८ करोड रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ । बजार साइडवयजमा छ । सूचकमा ठूलो उतारचढाव भएको छैन । बजार बढ्नेमा भने लगानीकर्ताहरु ढुक्क भएका छन् । विगतको तुलनामा बजारमा लगानीकर्ताकाे सहभागीता बढ्दो छ । कम्पनी छनोटमा सुझबुझ हुँदै गर्दा बजारले बढ्नको लागि शक्ति सञ्चित गरेको बुझाई छ । लगानीकर्ताले प्रतिफलमा जोड दिदै लगानी गर्न थालेका छन् ।
बजार बढ्नको लागि सबै कुरा अनुकुल बन्दैछ । बैंकिङ प्रणालीमा तरलता बढ्दो छ । सस्तो ब्याजदरको साथ छ । यो अवस्थामा लगानीकर्ताहरु समूहगत रणनीतिहरु अपनाउँदै छन् । तर सूचक बढाउन सर्पोट पुग्ने कम्पनी तर्फ लगानीकर्ताको अझै ध्यान नपुग्दा बजार साईडवयजमा रहेको लगानीकर्ताहरुको बुझाई छ ।