केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी कार्यदललाई सरोकारवाला निकाय तथा व्यक्तिले आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। सुझाव असार ११ गतेसम्म उपलब्ध गराउन सकिने छ।
राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव दिन डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको सदस्यमा भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्यसचिव रहेका छन्।कार्यदललाई सुझाव पेस गर्न एक महिनाको समयावधि दिइएको छ।