बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन नचल्ने

Jun 20, 2025 03:41 PM merolagani



बीपी राजमार्गमा १५ दिनका लागि रात्री सवारी साधन नचल्ने भएका छन् । 

शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे यस्ताे निर्णय भएकाे समितिले जनाएकाे छ ।