१.लगानीकर्ताहरूलाई आवश्यक पर्ने विभिन्न किसिमका सेवाहरू एक द्वार प्रणालीबाट प्रवाह गरी धितोपत्र दलाली सेवा अन्तर्राष्ट्रिय स्तरको बनाउन, धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरूको प्रवेश सहज गराउन तथा धितोपत्र बजार प्रति विश्वसनीयता वृद्धि गर्न धितोपत्र दलाल व्यवसायीहरूको कार्यक्षेत्र विस्तार गरी लगानी व्यवस्थापन तथा लगानी परामर्श सेवा प्रवाह गर्न अनुमति प्रदान गर्ने र मार्जिन ट्रेडिङ्गको कार्यलाई पूर्ण कार्यान्वयनमा ल्याउनमा आएको नीतिगत र व्यवहारिक अड्चन हटाई सहजीकरण गर्ने ।
२. धितोपत्रको दोस्रो बजारमा सर्वसाधारणको पहुँच सहज बनाउन तथा बजारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र समेत विस्तार गर्ने आधिकारिक प्रतिनिधि वा सब ब्रोकरको अवधारणा लागु गर्ने ।
३. प्रत्यक्ष भौतिक उपस्थिति बिना वित्तीय माध्यम अनलाइन तथा भिडियो केवाइसी मार्फत नयाँ लगानीकर्ताहरूको पहिचान स्थापित गरी डिम्याट र कारोबार बाता खोल्न, मेरो शेयर र अनलाइन कारोबार सेवाहरू उपलब्ध गराउन सक्ने स्पष्ट कानुनी व्यवस्था गर्ने ।
४. यथाशीघ्र इन्ट्राडे ट्रेडिङ, सेक्युरिटीज लेन्डिङ एन्ड बरोइङ इक्विटिमा आधारित फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ्स तथा राइट्सको कारोबारको व्यवस्था गर्ने ।
५. ऋणपत्रको दोस्रो बजार कारोबारलाई अझै गति प्रदान गर्न सरकारी बचतपत्रको कारोबार सरह संस्थागत ऋणपत्रहरूको कारोबारमा पनि बिक्रेताले प्राप्त गर्ने व्याज हिसाब गरी बिक्रीको भुक्तान प्राप्त गर्दाको बखत नै प्राप्त गर्ने व्यवस्था गरिनुपर्ने ।
६.लगानीकर्ताहरूले धितोपत्र दलाल व्यवसायीहरूलाई अख्तियारीनामा दिन सक्ने कानुनी व्यवस्था गर्ने ।
७. विक्रीमा अनावश्यक क्लोजआउट पर्नबाट लगानीकर्तालाई परेको आर्थिक हानीलाई निराकरण गर्न यथाशीघ्र अक्सन मार्केटको सुरुवात गर्ने । सूचीकृत संस्था तथा धितोपत्र दलाल व्यवसायीहरूबाट कुनै नियम वा प्रक्रियाको परिपालना नभएको अवस्थामा सूचीकृत संस्थाको कारोबार वा व्यवसायीको कारोबारलाई निलम्बन गर्दा लगानीकर्ताहरू बिना कारण मारमा पर्ने हुँदा वित्तीय कारबाहीको व्यवस्था गर्ने ।
८.राफसाफ समयमै हुन नसकी दलाल व्यवसायीको कारोबार निलम्बन हुने व्यवस्थालाई राफसाफ कोपलाई यथाशीघ्र कार्यान्वयनमा ल्याई सञ्चालन गर्न नेप्से र सिडिएससिलाई स्पष्ट निर्देशन दिनुपर्ने ।
९. लगानी सम्बन्धी निर्णय गर्न आवश्यक पर्ने तथा धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्भाव्य सम्पूर्ण सूचना तथा तथ्याङ्कहरू समावेश हुने गरी त्रैमासिक वित्तीय विवरणको ढाँचालाई अझ विस्तृत बनाउने तथा यस्ता विवरणहरू तोकिएको समय भित्रै सार्वजनिक हुने सुनिश्चितता गर्ने ।
१०. खरिद बापत भुक्तानी गर्नुपर्ने रकम तथा बिक्री बापत धितोपत्र समय भित्रै जानाजान हस्तान्तरण नगर्ने लगानीकर्ताहरूलाई धितोपत्र कारोबार गर्न नपाउने गरी कालोसूचीमा राख्ने र कानुनी कारबाही हुने व्यवस्था मिलाउने
११. भित्री कारोबार,सर्कुलर कारोबार, पम्प एन्ड डम्प जस्ता अवाञ्छित गतिविधि हरूको निगरानी गर्न यस्ता कारोबारीहरू,सूचीकृत संस्थाका शेयरधनी, सञ्चालक, कर्मचारी, ती सबैका एका घरपरिवार सदस्य, नातागोता, सबैको विवरणहरूको सूची बनाई सम्पूर्ण व्यवसायीहरूले प्रयोग गर्ने कारोबार प्रणालीमा देखिने व्यवस्था गर्न निर्देशन प्रदान गर्ने ।
१२. दोस्रो बजारलाई अझ गतिशील तथा चलायमान बनाउन गैह्र आवासीय नेपालीहरू तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाइ दोस्रो बजार कारोबारमा सहभागी गराउने र बिक्री र लाभको रकम लैजान पाउने व्यवस्थामा हाल भइरहेको झन्झटिलो प्रक्रियालाई सहज गर्न नेपाल राष्ट्र बैंकसँग समन्वय गरी सहज गर्नुपर्ने ।
१३. लगानी सचेतना कार्यक्रम तथा तालिम सञ्चालन गर्न, बजार समबद्ध निकायका कर्मचारीहरूलाई आवश्यक अभिमुखीकरण र वृत्ति विकासका तालिम प्रदान गर्न तथा प्रमाणीकरण गर्न, लगानी विश्लेषक तथा बजार विज्ञहरूलाई प्रमाणीकरण गर्न, नयाँ औजार तथा कारोबार पद्धतिहरूको बारेमा र पूँजीबजार तथा अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्न तहाँ बोर्डको मातहतमा बजारका सहभागीहरूलाई समेत समेटेर छुट्टै संस्थाको स्थापना गर्नुपर्ने ।
१४. बजारमा भई रहेका अवाञ्छित गतिविधिहरूलाई नियन्त्रण तथा निरुत्साहित गर्न बजार सँग प्रत्यक्ष सम्बन्धित रहेर सञ्चालनमा रहेका वा सञ्चालनमा आउने सामाजिक सञ्जाल पेज वा स्वरूपहरूको नियमन तथा तथा सुपरिवेक्षण गर्ने कानुनी व्यवस्था गर्ने, नेपाल धितोपत्र बोर्ड वा नेप्सेबाट प्रमाण पत्र प्राप्त विश्लेषक तथा विज्ञहरूले मात्र सार्वजनिक रुपमा धितोपत्र तथा समय बजारको मूल्य प्रक्षेपण प्रेषित गर्न पाउने व्यवस्था गर्ने।
१५. कम्पनी रजिस्ट्रारको कार्यालय कार्यालय अन्तर्गत अन्तर्गत: रहेको लगानी कर्ता संरक्षण कोषलाई धितोपत्र बोर्डको मातहतमा ल्याइ कोषको मर्म बमोजिम प्रभावकारी रुपमा सञ्चालन गर्ने, यसमा केही कानुनी अड्चन भए परिमार्जनका लागि तहां मार्फत पहल गर्नुपर्ने ।
१६. सबैभन्दा पारदर्शी र विश्वासिलो रहेको धितोपत्र दलाल व्यवसायलाई अझ पारदर्शी बनाउन तथा आम सर्व साधारण लगानीकर्ताहरूको सहभागिता मार्फत अझ विश्वसनीयता सुदृढ गर्न निश्चित रिपोर्टिङका प्रावधानहरू राखी ब्रोकर प्रोप्राइटरी ट्रेड खुलाउने तथा दलाल व्यवसायी कम्पनीहरूले सर्व साधारणमा शेयर जारी गर्न पाउने कानुनी व्यवस्था गर्ने ।