हकप्रद निष्काशन प्रयोजनार्थ खानी खोला हाइड्रोपावरले तोक्यो बुकक्लोज मिति

Jul 02, 2025 12:32 PM Merolagani



खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।