सुनको मूल्य स्थिर, ऐतिहासिक उचाईबाट घट्यो चाँदी

Jul 15, 2025 10:41 AM Merolagani



असार ३१ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन सुन सोमबारको बजारमा कायम मूल्यको आधारमा खरिद बिक्री भइरहेकाे छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम चाँदीको मूल्य हालसम्मकै उच्च हो ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।