प्रि ओपन सेसन अपडेटः करिब ३ अंक बढ्यो नेप्से

Aug 13, 2025 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २६.२२ अंक घटेर २७९६.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८१ अंक बढेर २७९९.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४७ स्टकको १०५ पटकको कारोबारमा ४१ लाख २७ हजार ९३ रुपैयाँबराबरको १० हजार ७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ।