प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Aug 18, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २७.१४ अंक घटेर २७६१.२२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५५ अंक घटेर २७६०.६७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।०७ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४८ स्टकको १०२ पटकको कारोबारमा २ करोड ७० लाख २४ हजार ३० रुपैयाँबराबरको १ लाख ४३ हजार ३४१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ।




बिक्री आम्दानी बढेपछि हिमालयन डिष्टिलरीको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Aug 14, 2025 07:08 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।