नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क करिब १९ प्रतिशत बढ्यो, नाफा कति?

Aug 15, 2025 10:56 AM Merolagani



नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.८४ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्ष ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १५.४३ प्रतिशत बढेको छ।

बीमाशुल्क र आम्दानीसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १७.३७ प्रतिशत बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ११५.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा रहेको छ।

९ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।