अघिल्लो कारोबार दिन अर्थात आइतबार ३१.१७ अंक घटेर २७४९.८३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १८.५६ अंक बढेर २७६८.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ५.१० अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ६८ स्टकको ९९ पटकको कारोबारमा १५ लाख ९९ हजार ७९५ रुपैयाँ ७० पैसाबराबरको २ हजार ८४१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।