नेपाल ल्यूब आयलको मूल्य समायोजन

Sep 26, 2025 06:46 AM Merolagani



असोज १० गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयल (NLO) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १२ गतेदेखि बुकक्लोज गर्दैछ।

यस अनुसार असोज ९ गते, बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो। सो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २४४ रुपैयाँ ३३ पैसा कायम भएको छ। नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। बिहीबार कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

सो बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सो सभाले बोनस शेयरको कर प्रयोजनार्थ १।०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।