धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थ मन्त्रालयले फेर्‍यो आफ्नो प्रतिनिधि,बराल 'आउट' खत्री 'इन'

Oct 10, 2025 02:08 PM merolagani



अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा आफ्नो प्रतिनिधि फेरेको छ। मन्त्रालयले महेश बराललाई फिर्ता बोलाएर उनको स्थानमा अर्थका सिनियर सहसचिव उत्तर खत्रीलाई बोर्डको सञ्चालक बनाएको हो।  

पछिल्लो समय रामेश्वर खनाल अर्थमन्त्री भएर आए लगत्तै महेश बराललाई अर्थ मन्त्रालयको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिएर पन्छाइएको थियो। बरालले बिचौलियालाई सहयोग पुग्ने गरी काम गरेको आरोप लाग्दै आएको छ। सोही कारण धितोपत्र बोर्डबाट पनि बराललाई हटाइएको बुझिएको छ।

धितोपत्र बोर्ड पूँजी बजारको नियामक संस्था हाे। बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधि सञ्चालक समिति सदस्य रहने कानुनी व्यवस्था छ। अर्थले खत्रीलाई पठाएको भए पनि खत्रीले बोर्डका उपस्थिति भने जनाइसकेका छैनन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।