त्यस्तै नायब कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकहरुलाई बैंकले १६ करोड ३६ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले तिनीहरुको तलबबापत् ६ करोड ६३ लाख ५२ हजार रुपैयाँ, भत्ताबापत् ३ करोड ३ लाख २५ हजार, अन्य सुविधाबापत् २ करोड १ हजार रुपैयाँ, बोनस बापत् १ करोड ६९ लाख ७५ हजार गरी कुल १६ करोड ३६ लाख ५६ हजार रुपैयाँ पारिश्रमिक स्वरुप भुक्तानी गरेको हो । यसबाहेक बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराइएको दुर्घटना तथा औषधि उपचार खर्चको बीमा प्रिमियम पनि बैंकले नै व्यहोर्दै आएको छ ।