सरकारबाट बाहिरिएकाे एक महिनापछि पहिलाे पटक मिडियामा आएका लेखकले गत २३ र २४ भदौमा भएको आन्दाेलनमा प्रधानमन्त्री वा गृहमन्त्रीले गाेली हान्ने आदेश नदिएकाे प्रष्ट पारे ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले भने, ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।'
लेखकले आन्दाेलनका घुसपैठ भएको विषय सत्य रहेकाे बताए ।
