डाइभर्सन बनाएर एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग

Oct 10, 2025 04:23 PM merolagani



गत असोज १७ देखि १९ गतेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग वैकल्पिक रुपमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी रुपमा खुलाइएको छ ।

सडक विभागका अनुसार, रोशी खोलाले करिब ५ किलोमिटर सडक भत्काएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

सडक विभागको टोलीले निरन्तर सडक खुलाउने प्रयास गरेका कारण शुक्रबारदेखि उक्त राजमार्ग एकतर्फी रुपमा खुला भएको हो । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बीपी राजमार्ग खुले पनि दुई लेन डाइभर्सनका काम भने अघि बढेको बताए ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।