अब एटीएमबाट दैनिक ५० हजार मात्र निकाल्न पाइने

Oct 10, 2025 05:31 PM MeroLagani



नेपाल राष्ट्र बै‌ंकले भुक्तानी सम्बन्धी कार्य गर्ने स‌ंस्थाहरुलाई सर्कुलर जारी गर्दै डेबिट कार्डबाट दैनिक ५० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था गरेकाे छ। पहिला डेबिट कार्डबाट दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियाे।

अब डेबिट कार्डबाट प्रति काराेबार २० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्रै काराेबार गर्न पाइने छ । यसअघि प्रति काराेबार २५ हजार तथा प्रति महिना ४ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियाे। प्रिपेड कार्ड र क्रेडिट कार्डबाट काराेबार सीमामा भने केही परिवर्तन भएकाे छैन।

 

 





सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।