नेपालद्वारा जापान ५ विकेटले पराजित

Oct 10, 2025 07:37 PM Merolagani



ओमानमा जारी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट अन्तर्गतकाे नेपालकाे दोस्रो खेलमा जापानलाई ५ विकेटले पराजित गरेको छ।

नेपाली समयअनुसार आज साँझ ४ः१५ बजे शुरु भएको खेलमा नेपालले टस जितेर जापानलाई ब्याटिङ्गको निम्तो दिएको थियो। पहिला ब्याटिङ्ग गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो। नेपालका लागि सन्दिप लामिछाने र गुल्शन झाले समान दुई दुई विकेट लिएका थिए।

१३२ रनको लक्ष्यसहित जवाफि ब्याटिङ्गमा उत्रिएको नेपालले १८ ओभरमा ५ विकेट गुमाइ सो लक्ष्य भेट्टायो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए भने गुल्शन झा २८ रनमा अविजित रहे।

पहिलो खेलमा कुवेतलाई पराजित गर्दै सुपर सिक्समा आफ्नो स्थान बनाएको नेपाल अब समूह विजेता बन्दै सुपर सिक्समा पुगेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।