स्पेशल प्रि ओपन सेसनमा दरमखोला हाइड्रोको कतिमा भयो पहिलो कारोबार?

Nov 06, 2025 10:47 AM Merolagani



कात्तिक २० गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा दरमखोला हाइड्रो इनर्जी लिमिटेड (DHEL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ४०२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर हिजो अर्थात कात्तिक १९ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता गरी कुल १ करोड ३ लाख ५ हजार कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई डिएचईएल स्टक टिकर दिएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।