आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 10, 2025 06:29 AM Merolagani



कात्तिक २४ गते, सोमबार, आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली अर्थात कात्तिक २५ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले मंसिर १२ गते, शुक्रबार, वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।