हिमालयन लघुवित्तको लाभांश घोषणा

Nov 28, 2025 12:54 PM Merolagani



हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ६.६५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.३५ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।