सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Dec 19, 2025 11:00 AM Merolagani



सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ।

बैंकले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो। सोही शेयर आज बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो।

सो निष्काशनमा कुल ६७ हजार ६५५ जनाले ११ लाख ११ हजार ५२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६७ हजार ६३७ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १७ हजार २३८ आवेदकले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ८ कित्ता शेयर, सोही आवेदकहरुमा बाँडफाँट गरिएको छ। यस अनुसार ८ जना आवेदकले थप १ कित्ता शेयर अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।