चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेपछि गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ लाख ९६ हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३५ लाख रुपैयाँ नाफामा पुगेको छ।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ २ पैसा रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात १२१.४५ गुणा रहेको छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने १ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
कम्पनीले २०८० चैत २८ गतदेखि पाँचथर र ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाट क्षमताको अप्पर ईङवा खोला स्मल हाइड्रोपावर आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको छ।