सामसङ नेपालको नयाँ वर्ष अफर, २४ महिनासम्म EMI एक्स्टेन्डेड

Mar 31, 2026 11:33 AM Merolagani



सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिनासम्मको किस्ताबन्दी (EMI) योजनाअन्तर्गत पक्का उपहार तथा आकर्षक छुटसहित ‘Smart Ghar, Smart Suruwat’ अभियान घोषणा गरेको छ।

सामसङ को ‘Smart Ghar, Smart Suruwat’ नयाँ वर्ष अफरसँगै आफ्ना नयाँ TV र होम एप्लायन्सहरूका साथ वर्षको सुरुवात गर्नुहोस्। यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागु हुनेछ। विश्वकै नम्बर १ Vision AI टिभी र Bespoke AI होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूका साथ आफ्नो जीवनशैलीलाई सजिलो बनाउनुहोस् र घरलाई अझ स्मार्ट बनाउनुहोस्।

यस क्याम्पेन अन्तर्गत सामसङले टिभीमा २५% सम्मका छुटवाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ। नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर हो।

यस अफरलाई अझ आकर्षक बनाउन, चुनितटिभीमोडेल किन्दारु ३००० बराबर १२ महिनासम्मकोNETTVप्याकेज नि:शुल्कउपलब्धछ। त्यसैगरी, चुनितवाशिंग मेशिन मोडेलको खरिदमा ६kg Surf Excel Matic पक्का उपहारको रूपमा नि:शुल्क पाइन्छ।

अब नयाँ २४ महिना EMI योजनासँग सामसंगका प्रिमियम टिभीर होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन्। ग्राहकहरूले रु ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो नयाँ योजनाले १२ महिना EMI को तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ।

Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित,सामसंग इन्स्टा फाईनेन्स सेवा मार्फत ग्राहकहरूले १२ महिना EMI योजनामा ०% ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिना EMI विकल्पमा भने ७.९९% अतिरिक्त ब्याज लागु हुन्छ।

साथै, नयाँ सामसंग टिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत सामसंग रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्। अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत सामसंगस्टोरमा गई विवरण बुझ्न सक्नुहुन्छ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।