ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले बुधबार राति ९ बजे राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।सम्बोधनका क्रममा उनले इरानको पछिल्लो अवस्थाबारे 'महत्त्वपूर्ण अपडेट' दिने कार्यक्रम छ। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेका थिए। 
राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तालाई खासै महत्त्व दिएका छैनन्। उनले इरानलाई 'ढुङ्गे युग' मा पुर्याइएको र उनीहरू आणविक हतियार (Nuclear Weapon) बनाउन अक्षम भएको दाबी गरे। सम्झौता भए पनि वा नभए पनि अमेरिका इरानबाट बाहिरिने ट्रम्पको भनाइ छ। 'इरानले सम्झौता गर्नैपर्छ भन्ने छैन, उनीहरू अहिले सम्झौताका लागि निकै आतुर छन्,' उनले भने।
इरानमा अहिले सबै कुरा बमले ध्वस्त भएको ट्रम्पले उल्लेख गरे। उनले अमेरिकी सेनाले इरानमा कडा प्रहार गरिरहेको दाबी गरे। 'हामीले हिजो राति मात्रै इरानका मिसाइल (Missile) बनाउने ठूला सुविधाहरू ध्वस्त पारेका छौँ,' उनले भने।