चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेको र इन्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी २०.४१ प्रतिशत र सञ्चालन मुनाफा ४७.५० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा १ अर्ब ४० करोड ४३ लाख रुपैयाँबाट घटेर १ अर्ब ३६ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ७४ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.२७ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ २ पैसा रहेको छ।
२ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत अविमाेच्य असञ्चिति अग्राधिकारसहित १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ४७ लाख रुपैयाँ सञ्चित छ। बैंकले गत चैत मसान्तसम्ममा २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
