लामो समयदेखि शेयर लगानीकर्ताहरूले माग गर्दै आएको पुँजीगत लाभकरको विषयलाई सरकारले सम्बोधन गरेकाे छ। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि सूचीकृत कम्पनीहरूको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम कर हुने व्यवस्था मिलाइएको छ । यसअघि पुँजीगत लाभकर अन्तिम हुने वा नहुने भन्नेमा लगानीकर्ता र कर प्रशासनबीच रहेको अन्योलता रहेको थियो ।
हाल लगानीकर्ताले पूँजीगत लाभकरको व्यवस्था एक वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा एक वर्षभन्दा लामो अवधि होल्ड गर्नेले पाँच प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।
त्यसैगरी, अर्थमन्त्रीले न्यूनतम एक प्रतिशत मात्र कर लाग्ने व्यक्तिगत आयको सीमालाई साविकको ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ।
यसअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले न्यूनतम १ प्रतिशत मात्र सामाजिक सुरक्षा कर तिरे पुग्नेछ। यसले सर्वसाधारणको खर्चयोग्य आम्दानी बढ्ने र महँगीको मारमा परेका नागरिकलाई केही राहत पुग्ने विश्वास गरिएको छ।