भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा मन्त्री खनाल आज भारत प्रस्थान गर्न लागेका हुन्।
नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
खनालको भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ। औपचारिक भ्रमणका सबै कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।