स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो एपोलो हाइड्रोपावरको पहिलो कारोबार?

Jun 10, 2026 10:48 AM Merolagani



जेठ २७ गते, बुधबार, स्पेशल प्रि ओसन सेसनमा एपोलो हाइड्रोपावर (APHL) को शेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर जेठ २५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार हिजोको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो। तर हिजो कारोबार म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ३२ लाख ९० हजार कित्ता शेयर गरी कुल ४७ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर (APHL) टिकरमा कारोबार भएको हो।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।