सहकारीमा कडाइः नियमन र खारेजीको तयारी

Jun 14, 2026 05:09 PM Merolagani



काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाहरूको नियमन, अनुगमन र व्यवस्थापनलाई थप कडाइ गर्ने भएको छ । आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले सहकारी क्षेत्रको सुधारका लागि विशेष योजनाहरू अघि सारेको हो ।

महानगरपालिकाले सहकारी सम्बन्धी राष्ट्रिय नीति, संघीय कानुन र प्रदेश कानुनसँग तादाम्य मिलाउनका लागि आफ्नो मौजुदा कानुनी प्रबन्धलाई संशोधन गर्ने घोषणा गरेको छ। सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न र संस्थागत सुशासन कायम गर्न यो कदम चालिएको महानगरले जनाएको छ ।

नीति तथा कार्यक्रमअनुसार महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सहकारी संघ–संस्थाहरूको नियमित अनुगमन र नियमनलाई प्रभावकारी बनाउनेछ । सहकारीहरूमा वित्तीय अनुशासन कायम गराउँदै यो क्षेत्रको प्रवद्र्धन गर्ने महानगरको लक्ष्य छ । सहकारी सदस्यहरूको बचत सुरक्षित गर्न र सञ्चालन प्रक्रियालाई पारदर्शी बनाउन सुशासनका मापदण्डहरू कडाइका साथ लागू गरिने उल्लेख छ ।

महानगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका वा समस्यामा परेका सहकारीहरूको हकमा पनि स्पष्ट नीति लिएको छ । ‘निष्क्रिय रहेका सहकारीहरूको पुनः सञ्चालनका लागि सहजीकरण गरिने भएको छ । ‘तर, पुनः सञ्चालन हुन नसक्ने अवस्थाका सहकारीहरूलाई खारेजी तथा विघटनको कानुनी प्रक्रियामा लैजान आवश्यक व्यवस्था मिलाइनेछ नीतिमा उल्लेख गरिएको छ ।

सहकारी क्षेत्रलाई उत्पादनमुखी र मर्यादित बनाउन महानगरले कानुनी र व्यावहारिक दुवै पक्षबाट सुधारको प्रयास थाल्ने प्रतिबद्धता जनाएको छ । यो नीति कार्यान्वयनमा आएसँगै काठमाडौं महानगरभित्र रहेका सहकारीहरूको वित्तीय अवस्था र कार्यशैलीमा सुधार आउने अपेक्षा गरिएको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।