सङ्घीय सरकारले जेठ १५ गते बजेट ल्याएपछि सोही खाकामा आधारित भएर प्रदेशहरूले असार १ गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ।
सबैजसो प्रदेशले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्।
कुन प्रदेशको बजेट कति बजे?
प्रदेश सभा सचिवालयहरूका अनुसार आज सातै प्रदेशमा बजेट प्रस्तुतिका लागि समय निर्धारण गरिएको छः
- कोशी प्रदेशः दिउँसो ४ः०० बजे
- मधेस प्रदेशः दिउँसो १ः०० बजे
- बागमती प्रदेशः दिउँसो ४ः०० बजे
- गण्डकी प्रदेशः दिउँसो ४ः०० बजे
- लुम्बिनी प्रदेशः दिउँसो ५ः०० बजे
- कर्णाली प्रदेशः दिउँसो ३ः०० बजे
- सुदूरपश्चिम प्रदेशः साँझ ५ बजे