जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार सो आदेश जारी गरेको हो।
सहकारी ठगी तथा सङ्गठित अपराधको अभियोगमा अनुसन्धान भइरहेका बेला जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले लामिछानेको हकमा सङ्गठित अपराधको अभियोग हटाउन माग गर्दै अभियोग पत्र संशोधनको निवेदन दर्ता गरेको थियो। सुमन खनालसहितका व्यक्तिको जाहेरीका आधारमा चलाइएको मुद्दामा सरकारी वकिलको उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सो अनुमति दिएको हो।
न्यायाधीश जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ को प्रावधान बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग फिर्ता लिन वा हटाउन स्वीकृति प्रदान गरेको छ। यद्यपि, सहकारी ठगीसँग सम्बन्धित अन्य मुद्दाको प्रक्रिया भने यथावत रहने जनाइएको छ।