‘कन्सोलिडेसन’ को अवस्था
विगतमा दुई हजार २२२ रुपैयाँ ९० पैसासम्म पुगेर लगातार घट्दो क्रममा रहेको यस कम्पनीको शेयरमूल्य, पछिल्लो समय स्थिर (कन्सोलिडेसन) अवस्थामा देखिएको छ। कम्पनीको शेयरमूल्य पछिल्लो समय एउटा निश्चित दायराभित्र कारोबार भइरहेको छ। यसले बजारमा बिक्रीको चाप विस्तारै कम हुँदै गएको संकेत गर्दछ।
टेवा क्षेत्रमा
पछिल्लो समयमा कम्पनीको शेयरमूल्य टेवा क्षेत्रमा रहेको छ। हाल कम्पनीको टेवा क्षेत्र एक अजार ३३५ देखि एक अजार ४४५ सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो क्षेत्रमा टेवा पाएर उक्लिएमा एक अजार ७०० देखि एक अजार ८०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

भोल्यूम ड्राइ आउट
गत साताको अन्तिम तीन कारोबार दिन कम्पनीको भोल्यूम, औषत भोल्यूमभन्दा कम रहेको छ। मूल्य साइडवेजमा रहँदा भोल्यूम कम हुन (ड्राइ आउट) हुनु प्राविधिक रुपमा राम्रो संकेत मानिन्छ। यसले लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न इच्छुक छैनन् भन्ने संकेत गर्दछ।

डाउनट्रेण्ड मोमेन्टमको अन्त्य
प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा कम्पनीको एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी साँघुरो रहेको छ। त्यस्तै, यी दुई रेखा र शून्य रेखा बीचको दूरी पनि साँघुरिएको छ। कम्पनीको हिस्टोग्रामको उचाई पनि कम रहेको छ। यसले कम्पनीको शेयरमा डाउनट्रेण्ड मोमेन्टम सकिएको र शेयरमूल्य कुनै नयाँ दिशाको पर्खाइमा रहेको संकेत गर्दछ।

‘बाउन्स ब्याक’को सम्भावना
स्टकास्टिक आरएसआई अनुसार कम्पनीको शेयर अहिले ओभरसोल्ड जोनमा रहेको छ। यस्तो अवस्थामा कम्पनीको शेयरमूल्य जुनसुकै बेला ‘बाउन्स ब्याक’ हुन सक्ने सम्भावना रहन्छ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा बढेपनि बिक्री लागत बढेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने गत आर्थिक वर्षको ५१ करोड ७० लाख ३४ हजार रुपैयाँबाट बढेर ५३ करोड ८ लाख १६ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको बिक्री लागत ३३ करोड ५९ लाख रुपैयाँबाट बढेर ३५ करोड २९ लाख रुपैयाँ पुगेको छ। जसका कारण खुद नाफा घट्न पुगेको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको जगेडा कोष ११ करोड ६८ लाख रुपैयाँ रहेको छ।

प्रमुख वित्तीय सूचकहरू

आधारभूत अवस्था
हाल नेप्सेमा कम्पनीको १ करोड ३० लाख ८१ हजार ३६१ कित्ता शेयर सूचीकृत छ। गत शुक्रबार कम्पनीको शेयर प्रतिकित्ता एक हजार ४४४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १८ अर्ब ८८ करोड ९४ लाख ८५ हजार २८४ रुपैयाँ रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य दुई हजार २५५ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य ३१९ रुपैयाँ ८० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य एक हजार ६२१ रुपैयाँ १७ पैसा रहेको छ।

ब्रोकर ७७ बाट सर्वाधिक खरिद
गत साता ब्रोकर नम्बर ७७ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। गत साता सो ब्रोकरले कम्पनीको ३७ हजार ८०७ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, गत साता ब्रोकर नम्बर ८० ले कम्पनीको १८ हजार ९४६ कित्ता शेयर खरिद गरेको छ। कम्पनीको शेयर सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर भने गत साता ४५ रहेको छ। सो ब्रोकरले कम्पनीको १६ हजार आठ कित्ता शेयर बिक्री गरेको छ।

(यस समाचारको प्राविधक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)